थरुहट/थारुवानले आज संविधान जलाएर कालो दिन मनाउने

थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीले आज संविधान दिवस अर्थात कालो दिनका रुपमा मनाउने भएको छ ।

मोर्चाले आज कैलालीको जोशीपुर बजारमा विरोध सभा आयोजना गरेर कालो दिन मनाउने थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले जानकारी दिए ।

संयोजक चौधरीले जिल्लाका विभिन्न ठाउँमा संविधानको धारा २७४ र अनुसूची ४ लाई जलाएर विरोध गरिने बताए ।

२०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको थियो । थरुहट÷थारुवान मोर्चाले कैलाली–कञ्चनपुरसहित पश्चिम तराईलाई थरुहट राज्य बनाउनुपर्ने लगायतका माग गर्दै आएको छ ।

मोेर्चाले संविधान जारी हुनु अघिदेखि उठाउँदै आएका माग संविधानमा नसमेटिएपछि मोर्चाले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउँदै आएको हो ।


३ असोज २०७८, आइतवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु