punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले स्थायी कमिटी बैठक बस्दै

Chaupati
safha napa

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।आइतबार दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो।

विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल हुनेछ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार आज स्थायी कमिटीमा विधान महाधिवेशन तयारीबारे छलफल हुन्छ। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।


३ असोज २०७८, आइतवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु