धनगढीको लक्ष्मी रोटो प्याकेजिङ उद्योगमा आगलागी
धनगढीको लक्ष्मी रोटो प्याकेजिङ उद्योगमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका – १३ कैलाली गाउँमा रहेको लक्ष्मी रोटो प्याकेजिङ उद्योगमा अगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार प्याकेजिङ मेसिनबाट आगलागी सुरु भएको र अन्यत्र सल्किने सम्भावना कम रहेको छ।
उद्योगका सञ्चालक गोविन्द पन्तले आगो नियन्त्रणको प्रयास भइरहेको बताए। गत वर्ष मंसिरमा पनि सो उद्योगमा आगलागी हुँदा झण्डै ३५ लाखको क्षति भएको थियो।
२८ भदौ २०७८, सोमवार १७:४६ बजे प्रकाशित













