राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित

राष्ट्रिय सभाको बैठक आउँदो भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

आज बसेको पहिलो बैठकमा एमालेले अवरोध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक भदौ ३० गतेसम्म स्थगित गरिएको हो ।

एमाले सांसदको विरोधकै बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएको छ ।

एमाले सांसदकै अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि भोलि मङ्गलवार २९ गतेसम्मका लागि स्थगित भएको छ ।


२८ भदौ २०७८, सोमवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु