सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य तोलाको ९१ हजार निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९० हजार ५०० कायम गरिएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार २०० र तेजावी सुनको मूल्य तोलाको ९० हजार ७०० निर्धारण गरिएको थियो ।

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य पनि केही मात्रामा घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैँया घटेर आज प्रतितोला १ हजार १९५ कायम भएको महासंघले जनाएको छ ।


१६ भदौ २०७८, बुधवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु