punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रामचन्द्र पौडेल निवासमा काँग्रेसका इतर पक्षको बैठक, साझा उम्मेदवार तय गर्ने प्रयास

Chaupati
safha napa

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निवास बोहराटारमा इतर पक्षीय नेताहरुको बैठक बसिरहेको छ । बैठकमा १४ औं महाधिवेशनमा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउने प्रयास हुनेछ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिका आकांक्षी एक दर्जनको हाराहारीमा रहेका छन् भने त्यसमा पनि इतर पक्षमा सबैभन्दा धेरै रहेका छन् ।

सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् । उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् ।

काँग्रेस नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले शीर्ष नेताहरुबीचको बैठक बसिरहेको पुष्टि गर्दै महाधिवेशन र सभापतिको साझा उम्मेदवार तय गर्नेबारे छलफलको एजेण्डा रहेको बताए ।बैठकमा पौडेलसहित सभापतिका दाबेदार नेताहरु र अर्का नेता बलबहादुर केसी समेत सहभागी छन् ।

काँग्रेसको महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षलाई भन्दा पौडेल पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस पर्ने देखिन्छ । यद्यपी देउवालाई चुनौति दिनेगरी उपसभापति समेत रहेका विमलेन्द्र निधिले पनि औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।


१५ भदौ २०७८, मंगलवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु