punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्षमा भण्डारी चयन

Chaupati
safha napa

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन भएकी छन् ।शनिबार धनगढीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलाली तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम मार्फत भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा राम चन्द्र जोशी , महासचिवमा बम बहादुर बोगटी सचिवमा गोविन्द बानिया र प्रेम बहादुर बि क, कोषाध्यक्षमा ज्ञानेन्द्र क्षेत्री र सह कोषाध्यक्ष वर्षा साउद चयन भएका भन् । कार्यक्रमले सुभाष भुल सेट्टी ,धन बहादुर ठाकुर , पूजा बोगटी, सुवास बुढा , बाल चन्द्र राना र मुन्नी राना सदस्य चयन भएका छन् ।

यस अघि २ कार्यकाल अध्यक्ष रहेका प्रकाश चन्दले आफ्नो कार्यकाल सफल रहेको बताएका हुन् ।
‘सीमित स्रोत र साधनका बिच हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ गठन गरेका थियौँ’ उनले कार्यक्रममा भनेका थिए ‘आज हामीसँग खेलाडीहरू थपिँदै जानु भएको छ । हामी पनि उत्साहित बन्दै गइरहेका छौँ ।’

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ केन्द्रीय अध्यक्ष दीपक श्रेष्ठ सहित बिभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


१३ भदौ २०७८, आइतवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु