बाबुराम भट्टराईको प्रश्न : रेशम चौधरी अझै किन थुनामा?

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले सांसद रेशम चौधरीलाई ससम्मान रिहा गर्नुपर्ने बताएका छन्।सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले थारुहटको टिकापुर विद्रोह राजनीतिक संघर्ष भएकाले सांसद चौधरीलाई थुमामा राख्नुको औचित्य नभएकोमा जोड दिएका हुन्।

थारुहट विद्रोह कांग्रेसले राणाविरूद्ध गरेको विद्रोह, एमालेको झापा विद्रोह, माओवादीको जनयुद्ध र मधेशी जनअधिकार फोरमले गरेको मधेस विद्रोह जत्तिकै राजनीतिक विषय भएकाले थारुहट आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई अझै थुनामा राख्नु न्यायोचित नहुने नेता भट्टराईको भनाई छ।

‘थारूहरूको टीकापुर विद्रोह कांग्रेसको राणाविरूद्ध विद्रोह, एमालेको झापा विद्रोह, माओवादीको जनयुद्ध, फोरमको मधेस विद्रोह जत्तिकै राजनीतिक विद्रोह क्रान्ति हो,’ नेता भट्राईले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अरू सबै विद्रोहका राजबन्दी क्रान्तिपछि ससम्मान रिहाइ हुने तर संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सांसद रेशम चौधरी लगायत किन थुनामारु’

चौधरीसहितका बन्दीको रिहाइको माग गर्दै थरुहट–थारुवान राष्ट्रिय मोर्चाले मंगलबार राजधानीमा प्रदर्शनसमेत गरेको थियो।


९ भदौ २०७८, बुधवार ०९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु