सेती अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए ।

प्रादेशिक अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये पाँचजना आईसीयू र पाँचजना जनरल वार्डमा उपचाररत छन् ।

 


८ भदौ २०७८, मंगलवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु