लुम्बिनी प्रदेशसभा बैठक एमालेद्वारा फेरि अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले सोमबार पनि प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

एमालेका सांसदहरूको अवरोधपछि प्रदेशसभाको बैठक आजै दिउँसो साढे २ बस्ने गरी स्थगित भएको छ । एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त गरेको सूचना नटाँसेसम्म संसद चल्न नदिने बताएको छ । १ भदौमा पार्टी निर्देशन विपरीत विपक्षीलाई सघाएको भन्दै एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको थियो ।

तर, प्रदेशसभा सचिवालयले सांसदहरु शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने भन्दै एमालेलाई जवाफ पठाएपछि एमाले थप आक्रोशित बनेको छ ।


७ भदौ २०७८, सोमवार १४:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु