punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुनाव चिह्नमा नअल्झिऔँ, आँट गरौं : बाबुराम भट्टराई

Chaupati
safha napa

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव चिह्नमा नअल्झिएर आँट गर्नुपर्ने बताएका छन्। बिहीबार समाजवादी केन्द्रद्वारा आयोजित एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवादु नामक कार्यक्रममा बोल्दै उनले क्षणिक लाभभन्दा माथि उठेर सोच्नुपर्ने बताए।

हिजो हामी कसैले माओवादी भन्यौं, कसैले एमाले भन्यौं। कसैले अर्को केही भन्यो। त्यसलाई छोड्न पनि हामीलाई गाह्रो छ। काम पनि त्यसले गरिरहेको देखिँदैन। भित्र मन र ब्रह्मले भनिरहेको छ। बाहिर चुनाव चिह्न सूर्य, हँसिया हथौडा हामीलाई छाड्न गाह्रो। भोट त जनताले त्यसैमा हाल्छ।

यो छोडौं भने भोट आउँदैन कि भन्ने डर छ, हामीलाई। त्यसैले यसमा अल्झिरहेका छौं। अब आँट गर्नुपर्छ भन्ने ठान्छु। यो ऐतिहासिक मोडमा तत्कालीन क्षणिक पार्टीगत चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र जनताको हितलाई केन्द्रमा राखेर नयाँ विचारको संश्लेषण गरौुं, उनले भने।

उनले माधवकुमार नेपालले एमालेभित्र विद्रोह गरेर नेकपा एमाले समाजवादी बनाउन खोजेको भन्दै यसले समाजवादको नयाँ मोडल खोज्नेतिर देश गइरहेको छ भन्ने देखिएको बताए। त्यो अबको आवश्यकता हो। वस्तुगत रुपमा त त्यो हो नै, तर विषयगत रुपमा हामी हिच्किचाइरहेका छौुं, उनले भने।

भट्टराईले एक्काइसौं शताब्दीका मार्क्सका विचारहरुलाई विकसित गर्ने, संश्लेषण र त्यसैको आधारमा नयाँ ढंगको समाजवादको नीति र कार्यक्रम ल्याएर सुशासन हुँदै समृद्धितिर जानुपर्ने बताए। त्यस्तो कार्यक्रम बनाउन सकिए त्यो नेपालको आवश्यकता सुहाउँदो विकल्प हुने उनको भनाइ छ।


३ भदौ २०७८, बिहीवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु