punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश २ का प्रदेश प्रमुख अहिराज पदमुक्त, नयाँ प्रदेश प्रमुखमा मिश्र नियुक्त

Chaupati
safha napa

सरकारले प्रदेश २ का प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश २ का प्रदेश प्रमुख रहेका अहिराजलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेश २ को नयाँ प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ । मिश्र २०४८ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित बनेका थिए ।

उनी बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरासमेत हुन् । उनी वीपीसँगै बन्दी गृहमा थिए । रामनारायणले जनकपुरलाई औद्योगिक क्षेत्रका रुपमासमेत विकास गरेका थिए ।

जनकपुरलाई औद्योगिक नगरीका रुपमा चिनाउने व्यक्ति प्रतिको सम्मानमा पनि मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको बताइएको छ ।


३२ साउन २०७८, सोमवार १४:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु