प्रधानसेनापतिको कमाण्ड बलाधिकृत रथी शर्मालाई
प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृत रथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गरेका हुन्।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मंगलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेकी छन्।
सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मंगलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो।
२५ साउन २०७८, सोमवार १५:५७ बजे प्रकाशित












