Hotel Flora Long Ad

दार्चुलामा स्क्रब टाइफसका ८ बिरामी

दार्चुला जिल्लाका विभिन्न स्थानीय तहमा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । जिल्लाका ९ स्थानीय तहमध्ये महाकाली नगरपालिका तथा व्यास र मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसका बिरामी देखिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीहरूमा स्क्रब टाइफस भेटिएको छ ।

जिल्ला अस्पतालका अनुसार ६ महिला र दुई जना पुरुषमा स्क्रब टाइफस देखिएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार महाकालीका ६ जना तथा मालिकार्जुन र व्यास गाउँपालिकामा एकरएक जनामा स्क्रब टाइफस देखिएको हो ।

जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरूको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ ।

पुरुषको तुलनामा महिलाहरूमा स्क्रब टाइफसका बिरामी बढी भेटिन थालेको छ । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा घाँस तथा स्याउला संकलन गर्ने भएका कारण स्क्रब टाइफसको जोखिममा रहेको अस्पतालले जनाएको छ । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो । जसमध्ये २५ जना महिला थिए ।

हालसम्म देखिएका स्क्राब टाइफसका बिरामीहरूको अवस्था सामान्य छ । गत वर्ष दुर्गम गाउँबाट ढिलो आएकाहरूमा समस्या देखिएको हुँदा केहीलाई भर्ना गरेर उपचार गर्नुपरेको अस्पतालका सूचना अधिकारी भट्टले बताए ।


२५ साउन २०७८, सोमवार १३:०७ बजे प्रकाशित

chure ga.pa.
Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु