कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा सरसफाइ शुल्कमा कटौती
कञ्चनपुर : भीमदत्त नगरपालिकाले सरसफाइ शुल्कमा ५५ प्रतिशतले कटौती गरेको छ। नगरवासीबाट लिँदै आएको सरसफाइबापतको शुल्क नगरपालिकाले चालु आवदेखि कटौती गरेको हो नगरपालिकाले ब्रह्मदेव गड्डाचौकी क्षेत्रमा वार्षिक दुई हजार ६४० ९मासिक २२०० शुल्क लिँदै आएकामा चालु आर्थिकमा घटाएर एक हजार २०० बनाएको छ।
महेन्द्रनगर बजारको तीन किलोमिटरसम्म आवासीय क्षेत्रमा प्रतिघरबाट वार्षिक दुई हजार ६४० शुल्क लिइँदै आएको चालु आवमा घटाएर एक हजार ५०० राखिएको छ नगरपालिकाका प्रवक्ता हिमाल चन्दले सबैलाई सरसफाइमा समेट्न शुल्क घटाइएको बताए।
उनका अनुसार नगरपालिकाले सरसफाइ शुल्कबापत घरबाट दैनिकरूपमा फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ। नगरपालिकाले दायरालाई फराकिलो बनाउँदै प्रगतिशील कर नीति अवलम्बन गरेको उनको भनाई छ। नगरपालिकाले गत आवमा करिब २३ करोड आन्तरिक राजस्व सङ्कलन गरेको छ।
२५ साउन २०७८, सोमवार १३:०१ बजे प्रकाशित












