बैतडी समाजको रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन
बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रगत दान गरेका छन । शनिबार समाजको धनगढी स्थित सचिवालय रहेको पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रगत दान गरेका हुन ।
समाजले आफ्नो नियमित कार्यक्रम अनुसार शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको संयोजक राज बहादुर चन्दले जानकारी दिए । उनका अनुसार शनिवार भएको रक्तदान कार्यक्रममा ७७ जना रक्तदाताहरुले रगत दान गरेका हुन ।
यस्तै कार्यक्रममका संयोजक चन्दले शनिवारको रक्तदान कार्यक्रममा रगतदान गरेर पुण्यको काम गर्ने सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन । विगतका बर्ष झैं यो पटकको रक्तदान कार्यक्रमलाई पनि सभ्य र भव्य रुपमा सफल पार्ने सम्पुर्णलाई उनले धन्यवाद दिएका हुन ।
यसैगरी शनिवारको रक्तदान कार्यक्रमका सहभागीहरूलाई खिर, पुरी, जुस र फलफुलको व्यवस्था गरेर सहयोग गर्ने सहयोगी हातहरुलाई पनि चन्दले धन्यवाद दिएका छन ।
आगामी दिनहरुमा आयोजना गरिने कार्यक्रममा पनि सबैको आ–आफ्नो तर्फबाट यस्तै सहयोगको अपेक्षा गरिएको आयोजक बैतडी समाज कैलालीले जनाएको छ ।
बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ ।
२३ साउन २०७८, शनिवार १८:१२ बजे प्रकाशित












