थप ३,२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।


२३ साउन २०७८, शनिवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु