मंसिरसम्ममा दुई लाख कोरोना संक्रमित थपिन सक्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो मङ्सिरसम्म एक लाख ९३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिने प्रक्षेपण गरेको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सो प्रक्षेपण प्रस्तुत गरेका हुन् ।

नयाँ सङ्क्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले तीमध्ये नौ हजार ६९३ जनालाई सघन उपचार कक्ष ९आईसीयू०को आवश्यकता हुनसक्ने बताए । गोरखापत्रमा खबर छ ।


२२ साउन २०७८, शुक्रवार ०८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु