गएराति मेलम्चीले सात घर बगायो
af9Ln] d]nDrLdf !! 3/ Iflt
l;Gw'kfNrf]s, !& ;fpg M zlgaf/ /fltb]lv cfPsf] af9Ln] d]nDrL !! 3/ Iflt . t:jL/ M b]j/fh ;'j]bL÷/f;;
काठमाडौं।मेलम्चीमा आएको बाढीले सात घर बगाएको छ।गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो।मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए। शनिबारदेखि मेलम्चीमा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाइसकेको छ।हेलम्बुका ५५ र तालामाराङ तथा मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।
१९ साउन २०७८, मंगलवार ०९:३६ बजे प्रकाशित













