Hotel Flora Long Ad

धनगढीका विद्यालय ९ दिनसम्म बन्द

धनगढी उप–महानगरपालिका क्षेत्रका विद्यालय ९ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

यही वैशाख ५ गते जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार वैशाख १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । कोरोनाको जोखिम बढेकाले जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले स्थानीयतहलाई विद्यालय बन्द गर्न अनुरोध गरेको थियो ।

सोमबार सामुदायीक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधी, प्याब्सन, एनब्याब्सनका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरुसंग सुझाव संकलन गरेपछि बैशाख १५ गतेसम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरिएका उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताइन् ।

उनले विद्यालयका सम्बन्धमा नेपाल सरकारबाट थप निर्णय भै आएमा सोही अनुसार हुने समेत निर्णय गरिएको बताइन् । प्रत्यक्ष पठनपाठन विद्यालयमा बन्द भएपनि सम्भव भएसम्म अनलाइन कक्षा संचालन गर्ने बारेमा विद्यालयलाई जानकारी गराउने विषयमा पनि निर्णय गरिएको छ ।

साथै बार्षिक परीक्षा संचालनका लागि आवश्यक गृहकार्य गर्न विद्यालयलाई जानकारी गराउने निर्णय पनि धनगढी उप–महानगरपालिकाले गरेको छ । सबै पक्षहरुसंग सुझाव लिएपछि १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफलमा यो निर्णय गरिएको उप–प्रमुख भट्टले बताइन् ।


६ वैशाख २०७८, सोमवार १९:२६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु