कञ्चनपुरमा १०६ सवारी कारवाही
कञ्चनपुरमा सोमबार १०६ वटा सवारी साधनलाई प्रहरीले कारवाहीमा गरेकाे छ।
होली पर्वका बीच इजाजत विना सवारी साधन चलाउने १०६ सवारी साधन कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी गराए।
यसैबीच प्रहरीले ५३ हजार राजश्व संकलन समेत गरेको प्रहरीले बताए । कञ्चनपुरमा सोमबार ५ सय सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ।
१७ चैत २०७७, मंगलवार ०९:०३ बजे प्रकाशित












