सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्यो
बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय पुगेको छ ।
सुन हिजो प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
१२ चैत २०७७, बिहीवार १२:२५ बजे प्रकाशित












