punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा बुवाले गरे गोली प्रहार गरी छोरीको हत्या

Chaupati
safha napa

बैतडीमा एक बुवाले आफ्नै छोरीको गोली प्रहार गरेर हत्या गरेका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महराले आफ्नै विवाहित छोरी २० वर्षीया बेलमतीको गोली हानी हत्या गरेका हुन्।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडिबाट भरूवा बन्दुकले छोरीको पिठ्युमा गोली प्रहार गरेर उनी जंगलतिर भागेको स्थानीयले बताएका छन् ।

घटनापश्चात पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीले बताए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।


२४ माघ २०७७, शनिवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु