महासंघ निर्वाचनका लागि तीन ठाउँबाट मतदान गर्ने व्यवस्था

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि आज मतदान हुँदैछ । अहिले बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने छ ।

महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिई आआफ्ना प्यानल बनाएर चुनावी मैदानमा छन् ।

शनिबार राति अबेरसम्म मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको अध्यन भवानी राणाले जानकारी दिइन् । निर्वाचनमा उपत्यकाका तीन स्थानबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । यसअनुसार एसोसिएटतर्फ कार्की ब्यांक्वेट बबरमहल, जिल्ला नगर उद्योग वाणिज्य संघको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी र वस्तुगत समूहको मतदान महासंघ कार्यालय टेकुमा हुँदैछ ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै तीन उपाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला नगर समूहमा ३८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए । एसोसिएटतर्फ ३१, वस्तुगततर्फ २८ र संस्थापक समूहमा दुई जनाको उम्मेदवारी परेको छ । दुई पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले द्विराष्ट्रिय संघमा नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल र प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका हुन् । निर्वाचन ११ सय १० मतदाता छन् ।

महासंघको साधारणसभा ११ गतेबाट सुरु भएको हो । पहिलो दिन बिहीबार ५४औं वार्षिक साधारणसभाको उद्घाटन भयो भने दोस्रो दिन शुक्रबार बन्द सत्र चलेको थियो ।


१३ मंसिर २०७७, शनिवार ०८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु