बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्युु, ३४ घाइते

बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

बस सडकबाट ६०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

मृत्यु हुने मध्ये केहीको पूूर्ण पहिचान खुलेको छ भने केहीको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ ।मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द, करन ऐर रहेका छन ।

ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य दुई जनाको भने सनाखत हुनसकेको छैन ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ ।


२८ कात्तिक २०७७, शुक्रवार ०८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु