कांग्रेस नेता तथा सांसद केसीको निधन

नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको निधन भएको छ ।

केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीको ६३ वर्षको उमेरमा गएराति घरमा निधन भएको हो ।

पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका केसी गत प्रतिनिधिसभाको चुनावमा कांग्रस प्रवेश गरेका थिए ।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत रहेका थिए ।


१८ कात्तिक २०७७, मंगलवार ०८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु