punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमित महिलाले जन्माइन् शिशु, कस्तो छ अवस्था ?

Chaupati
safha napa

काठमाडौं, साउन २६ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक महिलाले शिशुलाई जन्म दिएकी छन्। रुकुम चौरजहारीकी ३९ वर्षीया महिलाले शिशुलाई जन्म दिएकी हुन्।

शल्यक्रिया गरी जन्मिएको शिशुको तौल दुई किलो सात सय ५० ग्राम छ। आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डा।दिनेश श्रेष्ठले जानकारी दिए।

शुक्रबार भेरी अस्पतालमा भर्ना भएकी उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा संक्रमण देखिएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो।

सात जना स्वास्थ्यकर्मीको टोलीले महिलाको शल्यक्रिया गरेका थिए। शल्यक्रिायमा संलग्न चिकित्सकसहित सबै स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेका डा. श्रेष्ठले बताए।

यसअघि पर्साको वीरगन्ज महानगरपालिका-१ छप्कैयाकी ३१ वर्षीया कोरोना संक्रमित महिलाले पनि शिशुलाई जन्म दिएकी थिइन्।


२६ साउन २०७७, सोमवार ०२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु