कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

कञ्चनपुर, जेठ २२ । कञ्चनपुरमा भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ ।

बिहीबार महेन्द्रनगरमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले होम क्वारेन्टाइनमा बस्न सकिने कार्यविधि पारित गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले क्वारेन्टाइनमा भीड बढेपछि व्यवस्थापनका लागि होम क्वारेन्टाइनको व्यवस्था गरिएको बताए । होम क्वारेन्टाइनको अवधि २१ दिनको हुनेछ ।अत्यधिक चापका कारण कतिपय क्वारेन्टाइन अव्यवस्थित बनेका छन् ।


२२ जेठ २०७७, बिहीवार ०९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु