कर बुझाउने म्याद असार ७ गतेसम्म थप

काठमाडौं,२१ जेष्ठ । चौतर्फी विरोध र दबाबपछि सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्मका लागि थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधवार एक सूचना जारी गर्दै कर दाखिलागर्ने म्याद थप गरिएको जनाएको हो ।

‘विश्वव्यापी रूपमा फैलिएको कोभिड- १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरूले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिलागर्ने म्याद २०७७ जेठ २५ र जेठ मसान्तसम्म थप गरिएकोमा उक्त अवधि पुन: देहायबमोजिम थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिलागर्नुहुन सम्बन्धि सबैको  जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

देहायमा अधिकांश कर दाखिलाको म्याद असार ७ तोकिएको छ । यद्यपि आयकर ऐन २०५८ बमोजिम २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद भने २०७७ साल असार १५ सम्म थपिएको छ ।


२१ जेठ २०७७, बुधवार १०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु