अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पताल भर्ना गरिने
:jf:Yo ;fdu|L x:tfGt/0f sfo{qmddf dGqL 9sfn
sf7df8f}F, @! h]7M
:jf:Yo tyf hg;ªVof dGqfnodf a''waf/ x]sfkm #^) sf] kxndf r'' hL kmfp08];g4f/f sf]le8!( sf] pkrf/sf nflu cfjZos e]lG6n]6/;lxt :jf:Yo ;fdu|L x:tfGt/0f sfo{qmddf :jf:Yo tyf hg;ªVofdGqL efg''eQm 9sfn . t:jL/ M rGb|snf If]qL÷/f;;
काठमाडौं,२१ जेष्ठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्।
अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन (हेकाफ) ले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य अवस्थाका संक्रमितहरूको उपचारका लागि आइसोलेसन कक्ष स्थापना गरी त्यहाँ राखिने बताए।
अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नका लागि अब नयाँ नीतिमा जान लागिएको मन्त्री ढकालको भनाइ छ।
नेपालमा १५ हजारसम्म संक्रमित हुनसक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको ढकालले बताएका छन्।
स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने उनले जानकारी गराएका छन्।
फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिँदै कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आगामी दिनमा पनि निरन्तर सहयोग गरिने बताए।
२१ जेठ २०७७, बुधवार ०७:४६ बजे प्रकाशित












