सांसदहरूको सहयोगमा बोलन्या थलीद्धारा नाकामा फलफूल वितरण
धनगढी,जेठ २०। बोलन्या थलीले भारतबाट आएका नेपालीहरूलाई गोरीफन्टानाकामा फलफूल वितरण गरेको छ । सङ्घीय सांसदहरू झपट रावल (कैलाली) गौरीशंकर चौधरी (कैलाली) लक्ष्मी चौधरी (कैलाली) मेटमनी चौधरी (दाङ) गंगा चौधरी (दाङ) पार्वती बिक (दैलेख) आशा बिक (बझाङ) बिना बुढाथोकी (कञ्चनपुर) र माया ज्ञवाली (काठमाडौँ) को २० हजार आर्थिक सहयोगमा सो कार्यक्रम सञ्चालन सुरु गरेको हो ।विगत लामो समय देखि जारी लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरूको कैलालीको गौरीफन्टानाकाबाट उद्धार कार्य जारी रहेको छ ।
सोही अवसरमा गौरीफन्टानाकामा आइपुगेका बालबालिका,महिलाहरू र वृद्धहरूलाई फलफूल वितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । उनका अनुसार सो अभियानलाई निरन्तरता दिइने र आजै नै धनगढीमा रहेका क्वारेनटाइनमा दूध, फलफूल समेत वितरण गरिने जनाएको छ ।
यस अघि पनि बोलन्या थलीले लकडाउनका बिच आश्रय अड्डा,दानापानी अभियान,दैलोमा दबाई,जनताद्धारा दान जनताकै लागी खानपान,निःशुल्क व्यालेन्स , पिसिओ सेवा,अण्डा वितरण लगायतका अभियान चलाई सकेको छ ।
२० जेठ २०७७, मंगलवार ०६:५१ बजे प्रकाशित












