कैलालीका डिएसपी बस्नेतको बिदाई

धनगढी,जेठ २० । २०७५ साल फागुन १९ गते कैलालीमा सरुवा भई आएका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतलाई कैलालीबाट बिदाई गरिएको छ । बस्नेतको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरमा सरुवा भएपछि उनलाई कैलालीबाट बिदाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहदा बस्नेतले अपराध नियन्त्रण र अनुसन्धानमा सक्रियताका साथ काम गरेको कैलाली प्रहरीले जनाएको छ ।

भारतबाट चोरी गरेको ६५ लाख भारतीय रुपैँया सहित संलग्न पक्राउ, सामुहिक जबरजस्ती करणी घटनामा संलग्न व्यक्तीहरुलाई पक्राउ, कर्तव्य गरी शव सडकमा फालेको घटनामा संलग्न व्यक्तीको पहिचान गरी पक्राउ गर्न, ठगीमा संलग्न व्यक्तीलाई विभिन्न कार्यालयका छाँप,कागजात, हातहतियार बरामद गरी संलग्नलाई पक्राउ, नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सहित संगलन पक्राउ, लागु औषध लगायतका जघन्य घटनाको सफल अनुसन्धान गर्नमा बस्नेतले महत्वपुर्ण भुमिका खेलेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

साथै जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न सहासिक एंव उत्कृष्ट कार्य गरे बाफत सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पुरुस्कृत समेत गरिएको छ ।


२० जेठ २०७७, मंगलवार ०३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु