punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिमाली जिल्ला दार्चुलामा भेटिए कालाजारका बिरामी

Chaupati
safha napa

दार्चुला , वैशाख ५ । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन्।हिजो, ४ वैशाखमा मालिकार्जुनका एकजनामा कालाजार पुष्‍टि भएको हो।

लामो समयदेखि ज्वरोले सिकिस्त ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ।

तराई तथा गर्मी ठाउँमा मात्र देखिने कालाजार हिमाली जिल्लामा देखिनुमा जलवायु परिवर्तनको असर हुनसक्ने चिकित्सकले बताएका छन्।कालाजार एक प्रकारको भुसुना (स्यान्ड फ्लाइ) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा यो रोग सार्ने गर्छ।

लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महीनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

हल्का ज्वरो आउने, तौल घट्ने, थकान हुने, खानामा रुची नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रंग गाढा हुँदै जानेजस्ता यसका मुख्य लक्षणहरु रहेको जिल्ला अस्पतालका डा. गजेन्द्र दुवालले बताए। दार्चुलामा यसअघि २०७५ सालमा चारजनामा कालाजारका बिरामी भेटिएका थिए।

कालाजारका कारण एकजनाको मृत्यु भएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यकर्मीको टोली आएर अध्ययन समेत गरेको थियो।


५ वैशाख २०७७, शुक्रवार ०४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु