punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बोलन्या थलीद्धारा सेती अस्पतालका स्वास्थ्यकर्मीहरुलाई गुलाब

Chaupati
safha napa

धनगढी,बैशाख १। नयाँ वर्षको अवसरमा  बोलन्या थलीले सेती प्रादेशिक अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुलाई गुलाब दिएर नयाँ वर्ष मनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै शुभकामना आदान प्रदान गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

५ जना कोरोना सङ्क्रमित बिरामी रहेको सो अस्पतालका स्वास्थ्यकर्मीले देखाएको साहसका लागी आफूले शुभकामना सहित गुलाब दिएको नयाँ वर्ष मनाएको उनले बताए ।

पछिल्लो समय सामाजिक कार्य गर्दै आइरहेको बोल्नया थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसद,काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ ।

यस्तै पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र सङ्कलन कार्य र गन्तव्य स्थान पुग्न नसकेका व्यक्तिका लागि धनगढीमा आश्रय अड्डा  ,दैलोमै दवाई अभियान समेत सञ्चालन गरिसकेको छ ।


१ वैशाख २०७७, सोमवार ११:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु