कञ्चनपुरमा एक महिलाको शव फेला

कञ्चनपुर,चैत २६ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बुधवार एक महिलाको शव भेटिएको छ।

भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय ३६ वर्षीय कमला विष्ट मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए। विष्ट गहुँवारीमा मृत अवस्थामा भेटिएकी हुन।

उनको मृत्युको कारण खुल्न सकेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि अहिले महाकाली अस्पतालमा राखिएको छ ।


२६ चैत २०७६, बुधवार ०९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु