गतिलो स्वास्थ्य परिक्षण नभएको भन्दै क्वारेन्टाइन मा रहेका ब्यक्तिहरु आक्रोशित

बझाङ चैत २४।
बझाङको बुङ्गल नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ८ को कफलसेरी स्वास्थ्य चौकी को नब निर्मित भवनमा क्वारेन्टाइनमा राखिएका मानिसहरुले आफुहरुको गतिलो सङ्ग स्वास्थ्य परिक्षण नभएको भन्दै आक्रोश ब्यक्त गरेका छ्न ।

गत चैत ११ गते गौरिफन्टा नाका बाट उद्दार गरेर ल्याइएका बु.न.पा ६,७ र ८ नम्बर वडा का ४८ जनालाई बुङगल नगरपालिका ले उक्त कफल्सेरी स्वास्थ्य चौकिको नब निर्मित भवनमा क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा बसेको १३ दिन बितिसक्दा पनि अहिले सम्म आफुहरुको ज्वरो नाप्ने काम बाहेक अरु केहि नभएको क्वारेन्टाइनमा बसेका एक ब्यक्ति बताएका छ्न । बु.न.पा को स्वास्थ साखाको टोलिलाई उक्त परिक्षण गर्ने काम दिइएको भएपनी आबस्यक सामाग्रीको अभावको कारण अन्य परिक्षण हुन नसकेको बु. न.पास्वाथ्य साखा प्रमुख नैन ब. सिंहले बताउनु भएको छ ।

उहाका अनुसार प्रदेश सरकारले अहिले सम्म कोरोना भाइरस परिक्षण गर्ने आबस्यक सामाग्री बारे कुनै पनि चासो नदेखाएको गुनासो समेत राख्नु भएको छ ।

बु.न.पा को विभिन्न स्थान गरि क्वारेन्टाइन बस्नेको संख्या लगभग २०० रहेकोमा सबै ठाउमा ज्वरो नाप्ने काम बाहेक अरु केही पनि नभएको पत्रकार योगेश सिंहले जानकारी दिनुभएको छ ।


२४ चैत २०७६, सोमवार ०३:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु