मारवाडी युवा समाजद्धारा बोलन्या थलीलाई खाद्यान्न सहयोग
चैत्र २०,धनगढी : मारवाडी युवा समाजले बोलन्या थलीलाई खाद्यान्न सहयोग गरेका छ्न । आर पी फ्लोर मिलका संचालक आदित्य अग्रवाल र राठी इन्टरप्राईजेजले ५/५ हजार रकम बराबरको खाद्यान्न सामग्री बोलन्या थलीलाई सहयोग भएको हो।
मरवाडी युवा समाजका अध्यक्ष गौरब अग्रवालको पहलमा बोलन्या थली लाई सहयोग प्राप्त भएको संयोजक यादब जोशीले बताए ।
उक्त सामग्री दैनिक ज्यालामा आश्रय परिवारलाई बाढिने उनले बताए । बोलन्या थलीले लकडाउनमा दैनिक छाक टार्न समस्या परेका परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको छ ।
२० चैत २०७६, बिहीवार १४:५० बजे प्रकाशित