‘लकडाउन’ र कोरोना के हो ?

अहिले लगभग सारा संसार रोगले थला परेको छ। कोरोना नामक विषालु जीवाणु बुलेट ट्रेनको गतिमा मान्छेबाट मान्छेमा सरिरहेको छ। यस जिवाणुले यो ब्रम्हाण्डमा भएका मै हु भन्ने शक्तिशाली राष्ट्रहरुलाई समेत तहस नहस बनाईदिएको छ। के हो त कोरोना भाइरस ? जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो ।

यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ ।

स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताएका छन। हाम्रो देश नेपाल पनि अछूतो रहन सकेन कोरोनाको कहरबाट । अहिलेसम्म ४ जनामा COVID19 संक्रमण भएको पुष्टी भएको छ भने २ जना निको भएर घर फर्किसकेको र बाॅंकि दुईजनाको उपचार भैरहेको तथ्याङ्क छ ! सरकारले कोभिड २०१९ को संक्रमणलाई फैलन नदिन पुरा देश लकडाउन गरेको छ।

लकडाउन’ भनेको एक यस्तो आपतकालिन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ।अर्थात कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्। तर हामि नेपाली हो नि ! रक्षा गर्छन् नि हाम्लाई पशुपतिले । जति सम्झाए पनि हामिलाई लाग्नेवाला कँहा छ र ! घरबाट बाहिर ननिस्क है भन्दा हामीले अत्यावस्यक काम बाहेक किन निस्किने घरबाट बाहिर ?

एउटैलाई १७ पल्ट सम्म निस्किनु पर्छ । जतिखेर पनि बाटोमै अझ प्रहरीसंग बाझेको देख्दा लाग्छ यि जति Superman कोही छैन। यो लकडाउनको समयमा घरबाहिर निस्किने भनेका युवा पुस्ताको जमात बढी छ । छिनछिनमा यि घरबाहिर ननिस्के त मानौ देशले ठुलो नोक्सान ब्यहोर्चोने वाला छ। चोक चोक्मा बसेर सरकारले केहि पनि गरेन भनेर गफ हान्ने जमातलाइ दिएको छ यतिखेर सरकारले मौका।

घरमै बसिदेउ न प्रभु भन्दा पनि यिनिहरुलाइ लाग्दैन। घरै बस, परिवारसँग रमाउ, कोरोनाका बारेमा घरकालाइ थाह नहुन सक्छ, त्यसको बारेमा भन, संचारसंग प्रत्यक्ष सम्बन्ध छ हाम्रो। त्यसको उपयोग गरेर साथिभाई आफन्तलाई यस भयानक जीवाणुका बारेमा सम्झाउ। उनिहरुलाई पनि घरमै बस्ने सल्लाह सुझाव देउ ।

सरसफाइको बारेमा सम्झाउ । हाम्रो समाज अझै पनि पुरातन सोच मै जरा गाडेर बसेको छ , उनिहरुलाइ यस्तै नचाहिने भ्रामक कुराहरुबाट सचेत बनाउ। अफ्नो अधिकार माग्ने बेलामा जुलुस निकालेको हो नि घरबाट बाहिर निस्केर , अब कर्तब्य पुरा गर न घर भित्रै बसिदिएर बिधाता । यदि यो मुलुकलाइ कोभिड२०१९ को संक्रमणबाट बचाउने हो भने यसको साँगलो तोड्ने हो भने कृपया चुप लागेर घर भित्रै बसिदेउ, भनेको मानिदेउ।

हामि मान्छे भन्दा सयौ गुणा घामड छ यो भाइरस। घरबाट बहिर ननिस्के सम्म यो हाम्रो घर भित्र छिर्न सक्दैन। सोचि हेर्नुस त एकपल्ट ति प्रहरी, पत्रकार अनि बिशेष गरेर स्वस्थ्यकर्मिहरुको अहोरात्र काम गराई । हेर्नुस त उनिहरुलाइ आफ्नो घर परिवार सन्तान केहि नभनि हाम्रा लागि अहोरात्र सडक, सिमाना अनि स्वास्थ्य क्षेत्रमा खटिएको। भगवानले पनि बराबर गरेका छैनन, तर उनिहरुको योगदान हेर्नुस त ।

आफुले सकेको सक्दो गरेका छन, उनिहरुका परिवारलाइ कस्तो हुदो हो । कम्तिमा तिनैका खातिर पनि घरमै बसेर परिवारलाई मद्धत गर्नुहोस , रचनात्मक बन्नुहोस, किताब पढ्नुहोस, संचारका बिभिन्न माध्यमबाट कसरी यो मुलुकलाइ यस संकट घड़ी बाट मुक्ति दिलाउन सकिन्छ त्यस्को उपाय खोज्नुहोस। बरु स्थानीय सरकारसंग समन्वय गरेर दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्नेहरुलाइ कसरि सहयोग गर्न सकिन्छ त्यतापट्टी लाग्नुहोस ।

तपाईं हामि भनेको युवा पुस्ता अनि हामिले नै यसरी अटेर गर्ने हो भने हामिबाट अरुले के सिक्ने । हेर्नुस त इटाली लगायत अन्य देशको अहिलेको हालत, कति भयावह छ, यदी त्यस्तो स्थिति आईलाग्यो भने हाम्रो देशले त्यो थेग्न सक्ने वाला पनि छैन ।

घरमा बस्न मन नलाग्ने हरु, कृपया एकपटक सोची हेर्नुस त ति तमाम छाना नभएका निमुखाको बारेमा। सोच्नुहोस त, कस्तो कहर छाएको होला तिनिहरुमा । कति भाग्यमानि छौ हामि परिवारसँग घरमै बस्न पाइरहेका छौ। बैदेशिक रोजगारका लागि परदेशिएका दाजुभाईलाई, यिनिहरुकै लागि भए पनि घरभित्रै बसिदिएर यो मुलुकबाट यो भयानक भाइरसको साँगलो तोड्नमा आफुले आफ्ना तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ लागौं ।


१५ चैत २०७६, शनिवार ०२:०९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु