वीआर फेन्सी पसलमा चोरी गर्ने ६ जना पक्राउ

धनगढी: धनगढीको त्रिनगर कम्प्लेक्समा रहेको वीआर फेन्सी पसलमा चोरी गर्ने ६ जनाको गिरोह प्रहरीले पक्राउ गरेको छ ।
फागुन १० गते राति सटरको ताला तोडेर करीव ८ लाख रुपैया बराबरका टिसर्ट, जुत्ता लगायतका सामग्री चोरी गर्ने गिरोहलाई झण्डै एक महिनामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबाट से ७ प ६८५६ नम्बरको स्कुटर समेत बरामद भएको छ ।
वडा प्रहरी कार्यालय धनगढीका ईञ्चार्ज प्रहरी निरीक्षक हेमराज भट्टको नेतृत्वको टोलीले धनगढीका बिभिन्न क्षेत्रबाट ६ जनालाई चोरीका सामान सहित पक्राउ गरेको हो ।


१० चैत २०७६, सोमवार ०९:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु