अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

अछाम : अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बान्नीगढि जय गढ गाउँपालिका वडा नम्बर ३ धारा सेनको थर्पुकाट्टेमा ट्रयाक्टर दुर्घटना परेको हो ।

रामारोसन गाउँपालिका वडा नम्बर ७ सुतारबाट जय गढ बजार आउँदै गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशाका प्रेम बोहराको से २ त २३४२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुतारका ४२ वर्षीय शेरे भण्डारी घाइते भएका छन् ।

ट्रयाक्टर बिच सडकमा रोकि आफू सामान झार्ने क्रममा ट्रयाक्टरमा सवार व्यक्ति झर्ने क्रममा एक्कासि क्वलोज दबेर दुर्घटना भएको ट्रयाक्टर चालकले बताएका छन् । घाइते बोहरालाई उपचारका लागी बायलपाटा अस्पताल पठाइएको जय गढ प्रहरी चौकीका हवल्दार धन बहादुर कैलाले जानकारी दिए


४ चैत २०७६, मंगलवार ०५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु