punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणको आशंकामा एक युवक सेती प्रादेशिक अस्पताल भर्ना

Chaupati
safha napa

धनगढी : फागुनको पहिलो हप्ता चीनबाट फर्किएका धनगढीका एक युवक बिहिवार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।

अस्पतालका डाक्टर जगदिश प्रसाद जोशीले ती युवकमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेको बताए ।

अस्पतालले ती युवकलाई आईसोलेसन वार्डमा राखेर परिक्षणका लागि नमुना संकलन गरिएको बताए ।

चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा नमुना संकलन गरी आज काठमाडौँ पठाएको डाक्टर जोशीले बताए।

यसअघि पनि सुदूरपश्चिमकै चारजना शंकास्पद लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीहरुको नमुना परिक्षण गरिएको थियो। तर सबैको रिर्पोट नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।


३० फागुन २०७६, शुक्रवार १०:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु