कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

कञ्चनपुर :  कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–२ भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा बिहिवार राती मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।

भीमदत्त नगरपालिका–७ हल्दुखाल जनसेवा माध्यमिक विद्यालय नजिकै बिहिवार बेलुका म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।दुर्घटनामा परी भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको छ ।

सुरजको घटनास्थलमा नै मृत्यु भएको थियो भने दिनेशको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


३० फागुन २०७६, शुक्रवार ०२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु