सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

डोटी : डोटीकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा सिलगढी नगरपालिकाकी २५ वर्षीय अरुणा भण्डारीको नेपाली सेनाको हेलिकप्टर (स्काइ ट्रक) मार्फत उद्धार गरिएको हो ।

शनिवार राती जिल्ला अस्पताल डोटीमा सिलगढी अस्पतालमा अप्रेसन मार्फत बच्चा जन्माएकी उनको स्वास्थ्यमा समस्या आएपछि आइतवार सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो ।

धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि आज मंगलवार सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको हो । अप्रेसन गरी निकालिएको बच्चाको अवस्था भने सामान्य रहेका जनाइएको छ ।


२१ माघ २०७६, मंगलवार १०:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु