आमाबुबाको हत्यापछि शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै

कैलाली : बिहिवार दिउँसो कञ्चनपुरमा आमाबुबाको हत्यापछि जिवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । हत्यापछी मावलीको जिम्मा लगाइएको भएपनी उनको अवस्था गम्भीर भएपछी शुक्रबार राती देखि बिहोसी हालतमा धनगढी स्थित माया मेट्रो अस्पतालमा ७ महिने शिशुको आइसियुमा राखेर उपचार भैरहेको छ ।

आमाबुवाको हत्यापछि बिचल्लीमा परेकी उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले नै बेहोर्ने अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए। उनले आमाबुवाको हत्या भएपछि टुहुरी भएकी उनको उपचारमा गर्ने जिम्मा आफ्नो पनि रहेको भन्दै उपचारमा लाग्ने सम्पुर्ण खर्च अस्पतालले ब्यहोर्ने बताए ।

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउँदले बच्चाको टाउकोमा गम्भीर चोट लागेको बताए । उनले बच्चाको हालत अत्यन्तै नाजुक रहेको बताउदै अस्पतालले उपचारमा विशेष ध्यान दिइ रहेको बताए ।बिहिवार कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए।


१७ फागुन २०७६, शनिवार ०९:४७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु