धनगढी विमानस्थलको विशिष्ट कक्षमा रावललाई प्रवेश रोक

धनगढी : काठमाडौबाट धनगढी पुगेका नेता भिम रावलले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि आक्रोस व्यक्त गरेका छन् ।
शनिबार विहान काठमाडौंबाट श्री एयरलायन्सको विमानमा ९ः१५ मा धनगढी पुगेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले पत्रकार सम्मेलनको आयोजना गरेर आक्रोश व्यक्त गरेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले आफुले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएकोमा गुनासो नभए पनि आफुलाई सुरक्षा व्यवस्थाबारे जानकारी नदिएकोमा आक्रोश ब्यक्त गरे ।
उनले विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली बोक्ने बाटोबाट विमानस्थलबाट बाहिर निस्कनु परेको गुनासो गरे । उनले पत्रकार सम्मेलनमा पटक-पटक आफुमाथि त्यस्तो व्यवहार किन गरिएको भन्ने जिज्ञासा राखे ।
शनिबार धनगढीबाट राष्ट्रपति विद्या देवी भण्डारीको काठमाडौं फर्कने कार्य सूचि रहेको थियो । राष्ट्रपति काठमाडौं फर्कनका लागि विमानस्थल जादै थिइन् । सोही कारण विशिष्ट कक्षमा सुरक्षा व्यवस्था कडाई गरिएको थियो ।
१७ फागुन २०७६, शनिवार ०७:५९ बजे प्रकाशित