पुल निर्माणको काम कछुवा गतिमा

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुल निमार्णको काम कछुवा गति जस्तै निमार्ण भईरहेको छ । चार वर्ष पहिले निर्माण कार्य थालेको भए पनि हाल सम्म निर्माण हुन नसक्दा स्थानीयका समस्याका समस्या भने ज्युँका ज्युँ छन ।

कृष्णपुर नगरपालिका वार्ड नम्बर १ को दोमिल्लामा निर्माण भईरहेको सो पुलको निर्माण कार्यमा ढिलासुस्ती भएको स्थानीयबासीले आरोप लगाएका छन । पुल निर्माणको काममा ढिलाई हुदाँ बच्चाहरुलाई विद्यालय जान समास्या हुने गरेको स्थानीय थानीय दिपक भण्डारीले बताए ।

उनले बर्षाका बेलामा पुल नहुदा निकै समस्या हुने गरेकोले बच्चाहरुलाई स्कुल पु¥याउन कठिनाई हुने गरेको बताए । साही ठाउका अर्का स्थानीय वीर बहादुर साउँदले पनि पुल निर्माणमा ढिलाई हुदा आफुहरुले ठुलो सास्ती खेप्नुपरेको बताए । सुत्केरी महिलाको केसमा डेलिभरि जस्ता केस परेको बेला पुल नहुदाँ बाटो मै ज्यान गुमाउनु पर्ने अवस्था परेको उनले दुखेसो पोखे । ‘नदीमा पुलको समस्या छ, सडक विभाग कानमा तेल हालेर बसेको छ, ठेकेदार पनि ठग हो, उनले भने– ‘राज्य र ठेकेदार दुवैले लापरवाही गर्छन्, अफिसमै गएर कुरा गरे पनि समस्या सुन्दैनन् ।’

ओदाल गाड र खारखोलामा निर्माण भइरहेका पुल थेगिङ्ग कम्पनिले जिम्मा लिएको छ । कम्पनिले उक्त दुबै पुल सडक विभाग महेन्द्रनगर संग २०७३ साल भदौ १७ गते एक वर्ष भित्र निर्माण गरिसक्ने गरेर सम्झौता गरेको थियो । तर हाल सम्म उक्त दुबै पुलको काम सब स्ट्रक्चर निर्माण गर्ने बाहेक अगाडी बढाउन सकेको छैन ।

सम्झौता अनुसार कम्पनिले उक्त पुल २०७४ साल फागुन १५ गते सक्ने सम्झौता गरेको थियो तर हाल सम्म निर्माण कार्य आधा पनि सकेको छैन । सडक विभागले ढिला सुस्ती गरेको भन्दै ठेक्काको करिब १० प्रतिशत हर्जाना लगाइ सकेको छ । उक्त कम्पनिले ओदाल गाड पुलको दश प्रतिशत हर्जाना तिरी सकेको छ भने खारखोलाको हाल सम्म नतिरेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले बताए ।

उक्त दुवै पुलको लम्बाई ७० मिटर रहेको बताइएको छ । सडक विभागले उपलब्घ गराएको विवरण अनुसार उक्त दुबै पुल मध्ये ओदाल गाडको पुलमा आठ करोड ४७ लाखमा भ्याट सहित सम्झौता भएको थियो भने खारखोलाको पुलमा छ करोड ७९ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

दुवै पुलको ठेक्का पाएको थेगिङ्ग कन्ट्र्रक्सन कम्पनिले म्याद थप गर्न निवेदन दिएको छ । यता सडक विभागका सुचना अधिकृत जोशीले भने आगामी असार सम्म दुईटै पुलको एउटा एउटा स्पान निर्माण सम्पन्न गरि सक्ने दाबी गर्दे आएका छन ।


१३ फागुन २०७६, मंगलवार ११:४५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु