चट्याङ लागेर बालकको मृत्यु

अछाम : शुक्रबार राती चट्याङमा परेर अछाममा १ बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा शुक्रबार राति करिब ११स्३० बजेतिर चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

उनले चट्याङ लागेर धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी घाइते भएको बताए । घाइते चन्द्रको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।


१० फागुन २०७६, शनिवार ०६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु