बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

धनगढी : कैलालीमा बसको ठक्करबाट घाईते एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आईरहेको ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते भएका थिए।

घाईते मध्ये डडेल्धुराको आलीताल गाउँपालिका ८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण विष्टले बसको ठक्करबाट घाईते डम्बर भट्टको कोहपुरमा उपचारकै क्रममा मृत्यु भएको बताए।


१० फागुन २०७६, शनिवार ०१:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु