नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप २०७६ भोलिबाट सुरु

धनगढी : नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करणको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलीदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको हो। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

प्रतियोगिताको उद्धघाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ भने प्रतियोगिताको उद्धघाटन अगाडी ट्राफिक चौराहबाट ¥याली समेत निकालिनेछ।

यसअघि नै सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा भोली बाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लब ईन्डियाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष हमालले बताए।

धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ। यस वर्ष खेल अवलोकन गर्न आउने दर्शकका लागी टिकट दर १००, १५० र ३०० गरी तोकिएको छ। यस्तै खेल अवधीभर प्रत्येक दिन एक जना भाग्यशाली दर्शकलाई १३ हजार ५ सय पर्ने रियल मी स्मार्टफोन उपहार प्रदान गरिनेछ।


८ फागुन २०७६, बिहीवार १०:२८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु