द्वन्द्व पीडित महिलाको केन्द्रीय अध्यक्षमा सृजना श्रेष्ठ

ललितपुर : सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल गठन गरेको छ । सातवटै प्रदेशबाट जम्मा भएका द्वन्द्व पीडित तथा प्रभावित महिलाहरूको काठमाडौँमा भएको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालले अध्यक्षमा सृजना श्रेष्ठलाई चयन गरेका छन् ।

यस्तै प्रथम उपाध्यक्षमा गीता रसाइली,द्धितृय उपाध्यक्षमा मैना कार्की,महासचिवमा सुशीला चौधरी,सचिवमा सावित्री खड्का,कोषाध्यक्षमा चन्द्रकला उप्रेती चयन भएका छन् । यस्तै सदस्यमा देवी सुनुवार, शितला सिंह राठौर,आशा चौधरी,लीला तामाङ,राधिका गौतम,हिरा भण्डारी,सरिता थापा,तुलसी परियार चयन भएका हुन ।

भगवती (भट्ट) तिवारी, सोनिया चौधरी,कल्पना यादव,रत्ना रेग्मी,तिलावती खड्का,विष्णुदेवी पन्त,प्रगति लुइँटेल पनि सदस्यमा चयन भएका हुन । भेलामा सहभागी महिलाहरूले नेपालमा तत्कालीन सरकार र विद्रोही माओवादी बिच भएको सशस्त्र द्वन्द्वका बेला महिलाले भोग्नु परेको हिंसा र पीडा अझै सम्बोधन हुन नसकेको गुनासो गरेका हुन ।

द्वन्द्वमा महिलाले भोग्नुपरेको बलात्कार, यौनजन्य हिंसा र यातनाका घटनाहरू अझै पनि तथ्याङ्कमा आउन नसकेको भन्दै महिलाहरूले बृहत् शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि सशस्त्र द्वन्द्वका पीडितहरूले सत्य, न्याय र परिपूर्णको अधिकार प्राप्त गर्न नसकेको बताए । सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा सरकार उदासिन रहेको ठहर गर्दै देशभरका द्वन्द्व पीडित महिलाहरू एक भएका हुन् ।


६ फागुन २०७६, मंगलवार ०८:१२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु